माओवादीको नेतृत्वमा काठमाडौंमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ ।

इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका बामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद बाहिर रहेका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन बैध नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् ।

आयोजकका अनुसार सो प्रदर्शनमा उत्रने राजनीतिक दलहरूः

  • नेकपा (माओवादी केन्द्र)
  • नेकपा (एकीकृत समाजवादी) 

-रास्ट्रीय जनमोर्चा, नेपाल

  • नेकपा (मसाल) 

– नेपाल कम्युनिस्ट पार्टी

  • क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल 
    – बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल 
    – नेकपा 
  • नेकपा (बहुमत)
    – नेपाल समाजवादी पार्टी 
  • जसपा 
     

– देशभक्त समाजवादी स्कुल 
– राजनीतिक सम्वाद अभियान