रूपेन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने जनाएको छ ।

आयोगको आज बसेको बैठकले सो निर्णय गरेको र स्थानीय तहका रिक्त पदमा आवश्यकता अनुसार सोही मितिमा गर्ने निर्णयसमेत गरेको छ ।

सो क्षेत्रका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बोहोराको निधन भए पछि रिक्त रहेको स्थानमा आयोगले कार्तिक १७ गते निर्वाचन गराउने भएको हो ।

यसबीचमा निधन भएका स्थानीय तहका प्रमुख,उपप्रमुख र वडाध्यक्षको हकमा सबै विवरण लिएपछि सोही मितिमा समेट्ने गरी प्रकिया सुरू गरिएको आयोगले जनाएको छ ।