यी हुन मन्त्रीपरिषदले गरेका निर्णयहरू

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेका छन् । मन्त्री गुरुङले सार्वजनिक गरेका निर्णयहरूमा सहकारी संस्थाहरुको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरू कारबाही र किनारा गर्न कर्जा असुली न्यायाधीकरण गठन गरिएको छ ।

सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र वसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे सदस्य रहेको कर्जा असुली न्यायधिकरण गठन गरिएको हो । बैठकले उक्त न्यायाधीकरणका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूवसहसचिवहरू रोहितकुमार विसुवाल तथा थानेश्वर गौतमलाई नियुक्त गरिएको छ ।

बैठकले प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने निर्णय पनि गरेको छ ।