काठमाडौं । सांसद प्रभु साहले सरकारले संसदबाट पारित गर्न लागेकाे निजामती विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदकाे राेष्ट्रमबाटै च्यातेर हिडेका छन् । त्यति मात्र नभई यो विधेयक पारित भए देशमा आगो बल्ने उनले चेतावनी दिए ।
आज संसद बैठकमा बोल्दै साहले यस्तो चेतावनी दिएका हुन् । यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे ।
साहले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयाोग बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ । यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन् ।
यस्तो अपराधिक कार्यको साक्षी नबस्ने भन्दै उनी वैठक बहिष्कार गरेर हिँडेका हुन् ।
प्रतिक्रिया