काठमाडौं । जननेता मदन भण्डारी जयन्तीकाे अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज एउटै मञ्चबाट सम्बाेधन गर्दैछन् ।
आज ७४ औं मदन जयन्तीको अवसरमा आयोजना गरिएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा ओली र भण्डारीले सम्बाेधन गर्ने भएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ । ओली र भण्डारीले गर्ने सम्बोधन राष्ट्रव्यापी चासोको विषय बनेको छ।
पार्टीभित्र विद्दाकाे नेतृत्व चाहने कार्यकर्ताहरुले आज के हुने हाे भन्ने चासाे राखेका छन्। उनीहरुले विद्दाले मञ्चबाटै केही उद्घाेष विद्दाले गरून् भन्ने अपेक्षा पनि राखेका छन् । ओलीकाे विकल्पमा पार्टीभित्र विद्दालाई स्थापित गराउन लागि परेका नेताहरुले यश विषयमा चासाे राख्नु गलत नभएकाे एक नेताले बताए ।
पार्टीभित्रका केही बरिष्ठ नेताहरुले विद्दालाई पार्टीकाे नेतृत्व दिनुपर्ने तर्क समेत गर्न थालेका छन् ।केही कार्यकर्ताले पाेष्टर समेत बनाएर प्रचारप्रसार गरिरहेका छन् ।
प्रतिक्रिया