एमालेको सचिवालय बैठक भोली बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक भोली बस्ने भएको छ ।

पार्टी मुख्यालय च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भोली अपराह्न १ बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।