अविरल वर्षाका कारण यी राजमार्ग अवरुद्ध

काठमाडौ । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेका छन् । बाढीले नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका–१ मा महेन्द्र राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ ।

यस्तै ८ वटा सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले आज फेसबुकमार्फत जनाएको छ ।