सुकुम्बासी समस्या समाधान गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी व्यवस्थापनमा भएकाे कमजोरी सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘सुकुम्वासीको हकमा पनि हामी एकदम सिरियसली लाग्नेछौँ, लागि पनि रहेका छौँ। कति कुराहरू हाम्रो छुटपुट भएको छ, कमीकमजोरी भएको छ भने त्यसलाई पनि हामी सुधार्दै अगाडि बढ्नेछौँ।’

उनले महिलाहरूको विषय आउँदा पनि गृह मन्त्रालय जिम्मेवार भएर लागेको बताए। उनले हरेक महिलाको लागि गृह मन्त्रालयको ढोका खुल्ला रहेको समेत जानकारी गराए।