काठमाडाैं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।
साेमवार बसेकाे मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साे जानकारी दिएका हुन ।
मन्त्री गुरुङका अनुसार सरकारले दक्षिण कोरिया सरकारबाट बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने झन्डै एक अर्ब आठ करोड ८० लाख रुपैयाँ अनुदान सहायता पनि स्वीकार गरेको छ साथै प्रधानमन्त्री केपी शर्मा अाेलीकाे स्पेन भ्रमण पनि स्विकृत गरेकाे छ ।

प्रतिक्रिया