ओली र देउवा र प्रचण्डबीच भेट वार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने तय भएको बताईएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।

उनीहरुबीच प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाको जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।