काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
भोलि बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक भोलि नै बस्ने भएकाले आकस्मिक भनिएको मुख्यसचिव पौडेलले बताए ।
बैठकमा कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधनको शोक प्रस्ताव पारित गर्ने लगायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको बताईएको छ ।
प्रतिक्रिया