काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख डा. दीपेन्द्र महतोले नगरपालिकाको गेटमै रोका छन् । नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई नगर प्रहरी परिचालन गरेर कार्यालय प्रवेशमा अवरोध गरिएको हो ।
गेटमा ताला लगाइएको छ भने उपप्रमुख महतो गेटबाहिर बसिरहेकी छन् । ताला लगाएका नगर प्रहरीहरू भने गेटमा देखिँदैनन् । नगरप्रमुख महतोको निर्देशनमा नगर प्रहरीले गेटमा तालाबन्दी गरेर उपप्रमुखलाई प्रवेशमा रोकेको बताइएको छ ।
उपप्रमुख महतोले नगरप्रमुखको निर्देशनमा आफूलाई गेटमा रोकिएको बताइन् । उनले आफू पनि जनताबाट निर्वाचित भएर आएको तर गुण्डागर्दी शैलीमा नगरप्रमुखले कार्यालय प्रवेश गर्न रोक लगाएकोमा आपत्ति जनाएकी छन् ।
प्रतिक्रिया