गगन पक्षलाई देउवा पक्षकाे कडा जबाफ, कांग्रेस नाम,झण्डा र रुख चिन्ह प्रयोग गर्न कसैले राेक्न सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने जनाएको छ ।

संस्थापन पक्षले पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेपछि इतर पक्षले जवाफ फर्काएको हो।

इतर समूहका प्रचार–प्रसार समितिका संयोजक एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताए।

उनले भने, ‘हामीले विधिसम्मत अधिवेशन गर्दै छौँ। उहाँहरूको कार्यसमितिलाई अद्यावधिक गर्‍यो भन्दैमा कारबाही गर्छौँ भन्ने ढङ्गको अभिव्यक्ति आइरहेको छ। त्यसमा कुनै तुक छैन। हामी आधिकारिक कांग्रेस हौँ, कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन।’
सामाजिक सञ्जालको प्रभावमा नेता कार्यकर्तालाई नबहकिन आग्रह गरे। न्यायपालिकाबाट आफूहरू न्याय पाउने विश्वास व्यक्त गरे।

उनले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि बताए।