आईजीपीबाट हटाइएका दानबहादुरकाे मागमा सर्बाेच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

आज न्यायाधीशहरू श्रीकान्त पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा दिनभरिको बहसपछि अन्तरिम आदेश जारी नहुने ठहर भएको हो । यो आदेशससँगै अब डा.मनोज केसीलाई आईजीपीका रूपमा काम गर्ने बाटो अदालतबाट पनि खुला भएको छ ।

सरकारले कात्तिक १८ गते दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी डा. मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो ।

आफूलाई गैरकानुनी रूपमा आफूलाई पदमुक्त गरेको दाबी गर्दै कार्कीले निर्णय बदर गरी आईजीपीमा पुनर्बहालीको मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।