काठमाडौँ । स्थानीय निर्वाचनको तयारी र पार्टीलाई सृदृढ बनाउने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय भेला सुरु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरुवामा पानी हालेर दुई दिने भेलाको आज यहाँ उद्घाटन गरे । सो भेलामा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
सो पार्टीका सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्ठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल तीन हजार ४१४ जनाको सहभागिता रहने छ ।










प्रतिक्रिया