कटारी । नेपाली कांग्रेस नियमित महाधिवेशनअन्तर्गत सम्पन्न १५औँ कटारी नगर अधिवेशनबाट कटारी नगर सभापतिमा विष्णु कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ।
अधिवेशनबाट नगर उपसभापतिमा बिना दाहाल र गिरिमान मगर, सचिवमा पेसल भट्टराई र डम्बर राई, सहसचिवमा पूर्णबहादुर बुढाथोकी र दीपपाल थापा तथा कोषाध्यक्षमा हिमा कटुवाल निर्विरोध निर्वाचित हुनुभएको हो।
त्यस्तै, अधिवेशनबाट २८ जना नगर कार्यसमिति सदस्य समेत निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित नगर कार्यसमितिले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबीच एकता, सहकार्य र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ। अधिवेशनले कटारी नगर कांग्रेसमा नयाँ नेतृत्वसहित संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने विश्वास लिइएको छ।










प्रतिक्रिया