काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु पाँच हजार र चाँदीको मूल्य रु १४५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६५५ कायम भएको थियो ।









प्रतिक्रिया