उद्योगमन्त्री यादवले राजीनामा दिईन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष उनले राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ ।

पछिल्लो समय उपभोक्ताले ग्यास अभाव झेलिरहँदा समस्या समाधान नगरेको भन्दै मन्त्री यादवको आलोचना बढेको थियो ।

उनले हिजोमात्र संसदीय समिति बैठकमा ग्यास अभावको दोष उद्योगीलाई थोपर्दै कर्मचारीले समेत आफूलाई साथ नदिएको बताएकी थिइन् ।

उद्योगीलाई पाता कस्ने र लाइसेन्स खारेज गर्नेसम्मको धम्की दिएपछि व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत फोन गरेर उक्त विवादास्पद अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।