कांग्रेसको महाधिवेशन सभागृहमा हुने

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन राष्ट्रियसभा गृह प्रदर्शनी मार्गमा हुने भएको छ ।

असोज १५ देखि २० गतेसम्मको लागि हलको व्यवस्था मिलाइदिन मुख्यसचिव कावा कृष्णप्रसाद दुलालले पत्र पठाएका छन् ।

हिजो बसेको बैठकले तल्लो तहको अधिवेशन कार्यतालिका हेरफेर गरे पनि महाधिवेशन तोकिएकै समयमा गर्ने निर्णय गरेको थियो । जसअनुसार महाधिवेशनस्थल तय भएकाे हाे ।