काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै छ । बैठक बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्न लागेको हो ।
आइतबार सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा सभापति थापाले भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्राप्त वस्तुस्थितिबारे जानकारी गराएका थिए । उनले प्रभावित क्षेत्रमा पीडितहरूसँग गरिएको भेटघाट र छलफलको विवरण प्रस्तुत गरेका थिए ।
बैठकमा त्यसमा १७ जना सदस्यले आफ्नो धारणा राखेका थिए । सहमहामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामाले आफ्नो धारणा राखेका थिए ।
यसैगरी, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा.चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, इन्जिनियर मोहन आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल, भरतकुमार शाह र सुधीरकुमार शिवाकोटीले पनि आ-आफ्नो विचार व्यक्त गरेका थिए ।










प्रतिक्रिया