काठमाडौं । अनलाईन बेटिङमार्फत गरिने ठगी धन्दा अहिले ब्यापक बन्दै गइरहेको छ । नेपाल प्रहरीले अनलाइन बेटिङमार्फत हुने गरेको कारोबारलाई अवैध भन्दै बर्जित गरेपनि यही प्रकृयामार्फत ठगि गर्ने गिरोह सकृय रहेको पाईएको हो ।
प्रहरीले यस्तो कारोबारमा जोडिएका केही ब्यक्तिलाई बेला बेलामा पक्राउ गरेको भए पनि ठगी कार्यमा कम आउन सकेको छैन । अहिले विभिन्न अनलाईन गेममार्फत सजिलै पैसा प्राप्त हुन्छ भन्दै विज्ञापन गर्ने र त्यसैको माध्यमबाट गठी गर्ने गिरोह सकृय भएको भुक्तभागीहरु बताउँछन् ।
यही मुद्धामा १७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय चु यी फेङलाई गत चैत १९ गते काठमाडौं ठमेलबाट पक्राउ गरेको थियो । यस्तै ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बंगलादेशी नागरिक २९ वर्षीय महमद शेबुल इस्लामलाई गत चैत ११ गते पक्राउ गरेको थियो । यस्तै यसैगरी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न काठमाडौं नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल गत चैत २ गते पक्राउ परे ।
पक्राउ परेका व्यक्तिहरू प्रतिनिधि पात्र मात्रै हुन् । प्रविधिको तीव्र विकास एवम् सहज पहुँच सँगै यसको दुरूपयोगबाट हुने आपराधिक घटनाहरू पनि दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय अनलाईन बेटिङ र क्रिप्टोकरेन्सीका कारोबारहरू बढिरहेको हुँदा त्यस्ता किसिमका गतिविधि नियन्त्रण गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ ।
आर्थिक वर्ष २०८२र०८३ मा अनलाईन बेटिङमा संलग्न ४८ जना पक्राउ परे । जसमध्ये २६ जना विदेशी नागरिकहरू र २२ जना स्वदेशी नागरिकहरू रहेका छन् । यस्तै आर्थिक वर्ष २०८१र०८२ मा अनलाईन बेटिङमा संलग्न ९३ विदेशी नागरिकहरू समेत गरी जम्मा १ सय ४८ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०र०८१ मा अनलाईन बेटिङमा संलग्न १३ जना विदेशी नागरिकहरू समेत जम्मा ६२ जना पक्राउ परेका थिए ।
यसैगरी आर्थिक वर्ष २०८२र०८३ मा क्रिप्टोकरेन्सीमा संलग्न ४२ जना पक्राउ परे । जसमध्ये ७ जना विदेशी नागरिकहरू र ३५ जना स्वदेशी नागरिकहरू रहेका छन् । यस्तै आर्थिक वर्ष २०८१र०८२ मा क्रिप्टोकरेन्सीमा संलग्न ४५ विदेशी नागरिकहरू समेत गरी जम्मा १ सय १७ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०र०८१ मा क्रिप्टोकरेन्सीमा संलग्न ५ जना विदेशी नागरिकहरू समेत जम्मा १० जना पक्राउ परेका थिए ।
विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको अवस्थामा विभिन्न अनलाईन बेटिङ प्लेटफर्महरू धेरै सक्रिय हुने गरेको देखिन्छ । अनलाईन बेटिङ र क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणमा प्रहरीको भूमिका बारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रहरीले यस्ता अनलाईन बेटिङ नेटवर्कहरू एवम् क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण गर्नको लागि सूचना संकलन र निगरानीलाई विशेष प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । सट्टाबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिहरूको बारेमा गोप्य सूचना संकलन, अनलाईन सट्टाबाजी ९विशेष गरी खेलकुद बेटिङ० मा संलग्न नेटवर्कको डिजिटल निगरानी एवम् बैंकिङ तथा डिजिटल वालेट मार्फत हुने कारोबारको निगरानीमा समेत प्रहरीले थप संवेदनशील भई कार्य गर्दै आइरहेको छ ।’
अनलाईन बेटिङ साइबर अपराध, ठगी र हुण्डीसँग पनि जोडिएको हुन्छ । यस्तो कसुरमा मानिसलाई ग्रुमिङ (उत्सुकर तयारी) गर्न सामाजिक सञ्जालको प्रयोग गरिन्छ र यसकै माध्यमबाट ठगी गर्ने तथा हुण्डी कारोबारलाई पनि बढवा दिने गरेको भेटिएको छ । मुलुकी अपराध संहिता, २०७४, भाग २ को परिच्छेद ५ दफा १२५ को उपदफा ४ मा भएको व्यवस्था बमोजिम सट्टाबाजी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई १ वर्ष सम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । यदि ठगी आकर्षित भएमा मुलुकी अपराध संहिता, २०७४, भाग २ को परिच्छेद २० दफा २४९ उपदफा १ अनुसार सजाय हुन्छ । जसअनुसार भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्ष सम्म कैद र १ लाख रूपैयाँसम्म जरिवाना हुन्छ भने आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना तथा सो बाहेकको अन्य किसिमले गरेको ठगीको हकमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुन्छ । साथै यदि साइबर अपराध आकर्षित भएमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम सजाय हुन्छ ।
यस्तै क्रिप्टोकरेन्सी ‘ब्लकचेन’ भनिने प्रविधिमा आधारित हुन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिने हुनाले यसको अस्तित्व अनलाईनमा मात्र सीमित रहन्छ । भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ । यस भर्चुअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन । समग्र आर्थिक सन्तुलन कायम नहुने, वित्तीय स्थायित्व नहुने, मौद्रिक नीति कार्यान्वयन नहुने, विदेशी विनिमय सञ्चिती सम्बन्धी, वित्तीय ग्राहक संरक्षण, लगानी असुरक्षा र ठगी क्रिप्टोकरेन्सी प्रयोगका मुख्य जोखिमहरू हुन् । क्रिप्टोकरेन्सीमा संलग्नहरूलाई मुलुकी अपराध संहिता (संशोधन सहित), २०७४ को दफा २६२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसूर, बिगो र सो बाट बढे वा बढाएको सम्पत्ति समेत जफत गरी ५ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुन्छ ।
यस कार्यमा संलग्न केहीलाई पक्राउ गरेपनि अझै पनि ठगी कार्यमा कमी आउन नसकेको बताईन्छ ।
अनलाईनमार्फत ठगी गर्नेहरुले अर्काको क्युआर प्रयोग गरेर ठगी गर्ने गरेको बताउँछन् । हे. तस्वीर










प्रतिक्रिया