आजको मन्त्रिपरिषद् बैठकका चार निर्णयहरु

काठमाडौं । आज सबेको मन्त्रिपरिषद् बैठकले चार निर्णयहरु गरेको छ । आजको बैठकले विभिन्न नौं विधेयकहरु संसदमा पेश गर्ने निर्णय गरेको छ । यी हनु् आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु :

१. देहायका विधेयकहरू सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक ।

खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।

संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।

राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ९पहिलो संशोधन० विधेयक।

बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक।

आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।

मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक।

कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक।

२. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय ।

३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल ९सिन्धुली० लाई मनोनयन गर्ने निर्णय ।

४. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९छैटौँ संशोधन० नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय ।