दरौँदी नदीमा मलामी बेपत्ता

गोरखा । मलामी गएका गोरखाका व्यक्ति युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन् ।

अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उहाँको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।