गणेश नेपालीकाे परिवार र सरकारबीच वार्ता जारी

काठमाडौँ । गणेश नेपालीकाे आत्मदाहकाे घटनालाई लिएर सरकारी संयन्त्रले मृतकका परिवारसँग वार्ता सुरू गरेका छन् । अहिले वीर अस्पतालमा वार्ता जारी रहेकाे स्राेतले बतायाे ।

परिवार र आफन्तले गणेशकाे शव उठाएका छैनन् । घटनाकाे निस्पक्ष अनुसन्धान र पिडितलाई क्षतिपुर्तिकाे माग राखिएकाे छ । यही विषयमा सरकारी पक्षले वार्ता थालेकाे हाे ।

स्राेतका अनुसार गृहमन्त्री सुधन गुरूङनिकट मुगुका नेता अनिल बानियाले वार्ताकाे संयाेजन गरेका हुन् । प्रधानमन्त्रीकाे सचिवालयका व्यक्तिहरू पनि पुगेकाे बताइएकाे छ ।

मृतककाे परिवारका तर्फबाट बुबा, आमा र दाजु सहभागी छन् । अन्य व्यक्तिहरूलाई प्रवेश दिइएकाे छैन । मृतकका बुवाआमालाई आजै काठमाडौँ ल्याइएकाे हाे ।