काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरिएको छ । आत्मदाह गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।
हिजाे त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटमा मोटरसाइकल पार्किङ गरिएको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।
त्यसपछि वीर अस्पताल लगिएको उनको आज उपचारकै क्रममा मृत्यु भएको हो ।










प्रतिक्रिया