देउवा पक्षले साउन६ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले साउन ६ गते बृहत् कार्यक्रम गर्ने भएको छ ।

सम्पर्क कार्यालय चुनदेवीमा आज बसेको पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठकले बीपी स्मृति दिवसको दिनमा काठाडौंमा बृहत् कार्यक्रम गर्ने निर्णय गरेको हाे ।

नेता मीन विश्वकर्माले १५ औँ महाधिवेशनको कार्य तालिका र सम्पर्क कार्यालयबाट हुने गतिविधिबारे भोलिकै बैठकबाट निर्णय लिने बताए ।

उनले संस्थापन पक्षसँग एकताको लागि प्रयास भइरहेको र भएन भने वैकल्पिक बाटो पनि खोजेर जान सक्ने विषयमा पनि छलफल भइरहेको बताए । विशेष महाधिवेशनमा नगएका आधा साथी बाहिर भएकाले एकतामा जोड दिइएको उनको भनाइ छ ।