काठमाडौं । ´उप्रेती समाज सबैको लागि सधैंको लागि`भन्ने नाराको साथ २०५२ सालमा स्थापना भएको उप्रेती समाज सेवा समितिले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ ।

उप्रेती समाजका अध्यक्ष सोभित उप्रेतीको अध्यक्षता र पुर्व निर्वाचन प्रमुख आयुक्त निलकण्ठ उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ४४ जनाले रक्तदान गरेको थिए ।
उक्त कार्यक्रममा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती र
ससस्त्र प्रहरी बलका डिआइजी राजेस उप्रेतीलाई उप्रेती समाजले सम्मान गरेको थियो।
सोही अवसरमा समाजले जेष्ठ नागरिक चन्द्रकुमारी उप्रेतीलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा पुर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, सम्मानित ब्यक्तित्व अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती र ससस्त्र प्रहरी बलका डिआइजी राजेश उप्रेतीलगायतले आफ्नो मन्तव्य राखेका थिए ।










प्रतिक्रिया