अभिषेक गिरी फेरि पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरका विवादास्पद छविका अभिषेक गिरीलाई फेरी पक्राउ गरेको छ ।

आज बिहान विराटनगर– ११, मधुमारास्थित घरबाट गिरीलाई प्रहरीले पक्राउ गरेकाे हो । विराटनगरमा गुण्डानाइकेको रुपमा परिचित गिरी पछिल्लाे समय भने  नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

उनी यसअघि रिगल ढकाल हत्याकाण्डमा नाै वर्ष जेल बसेर निस्किएका थिए ।