रास्वपाकाे सहमहामन्त्रीमा शाह, ढकाल र डाँगी विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन् ।

भरखरै सार्वजनिक मत परिणामअनुसार शाह र ढकाल खुला सहमहामन्त्रीमा निर्वाचित भएका छन् भने महिला सहमहामन्त्री पदमा डाँगी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।