रास्वपाको पहिलो चरणको निर्वाचनमा १३५२ गयल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नयाँ नेतृत्वका लागि भएको चुनावअन्तर्गत पहिलो चरणको मतदानमा १३५२ जना गयल भएका छन् । कुल ४३११ प्रतिनिधिमध्ये २९५९ जनाले भोट हालेको विद्युतीय भोटिङ सेवाप्रदायक रामलक्ष्मण इनोभेसनका रामप्रसाद रिमालले जानकारी दिए । उनीहरुमध्ये १३५२ जना मतदानमा अनुपस्थित रहे ।

महाधिवेशनको व्यवस्थापन अस्तव्यस्त हुनुका साथै निर्वाचन कार्यमा ढिलाइ हुँदा थुप्रै प्रतिनिधि घर फर्किएका कारण भोट हाल्नेको संख्या घटेको बताईन्छ ।

९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जना मैदानमा थिए । पहिलो चरणको मतदानको नतिजापश्चात पदाधिकारीको निर्वाचन प्रक्रिया सुरू गरिनेछ ।