काठमाडौं । चितवनमा जारी रास्वपाकाे प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यकाे निर्वाचन साढे आठ बजेबाट हुने भएकाे छ ।
दिउसाे दुई बजेबाट निर्वाचन हुने भनेपनि प्राविधिक कारणले बेलुका साढे आठ बजेलाई सारिएकाे निर्वाचन समितिले जनाएकाे छ ।
९९ केन्द्रीय सदस्यका निम्ति ३८४ जना उमेदवार छन् । केन्द्रीय सदस्यको निर्वाचनपछि पदाधिकारीको मतदान प्रक्रिया सुरु हुने जनाइएको छ ।
निर्वाचन सम्पन्न भएकाे डेढ देखि दुई घण्टामा मतपरिणाम आउने बताईएकाे छ ।









प्रतिक्रिया