छानबिनको शुरु आफैबाटै गर्न वर्षमानको अर्थमन्त्री वाग्लेलाई चुनौती

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आफूबाटै छानबिन शुरु गर्न अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई चुनौती दिएका छन्।

सरकारले ल्याएको बजेटमा करका दर हेरफेर भएको विषयमा संसद्मा विपक्षी सांसदले कुरा उठाउँदा खुलमखुला धम्की दिएको भन्दै अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न चुनौती दिएका हुन्। ‘त्यो कुरा उठाउँदा तिम्रा फाइल पनि खुल्छन् भनेर धम्की दिने१ खुलोस् सम्माननीयज्यू’, उनले भने, ‘मेरैबाट शुरु होस्।’

पुनले अर्थमन्त्री वाग्लेले संसद् र संसदीय समितिमा खुलेआम धम्की दिएको आरोप लगाए। ‘धम्क्याउने कोशिश भएको छ। कार्यपालिकाका सदस्य संसद्प्रति उत्तरदायी हुनुपर्छ। संसद्मा प्रश्न उठ्छन्, सबै आरोप वा छानबियोग्य हुँदैनन्। कुरा उठाउँदैमा उहाँले मैले गरेकै हो के गर्न सक्छौ भनेर चुनौती दिनुभएको छ।’

पुनले आपराधिक कार्यमा पुराना र नयाँ भनेर विषयान्तर गर्न नहुने बताए।