काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् ।
गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् । यस्तै पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री रहेका थिए ।









प्रतिक्रिया