गृहमन्त्रीमा सुदन गुरुङकाे कमब्याक हुँदै, आजै सपथ हुने

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्रीमा कम ब्याक हुने भएकाे छ । उनकाे आजै सपथग्रहण हुने भएको छ ।

यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।

आज ३ बजे सपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।