सरकारको काममा शंका गर्नुपर्दैन : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारको काममा कुनै शंका नगर्न आग्रह गरेका छन् । उनले पार्टी सङ्गठनलाई मजबुत बनाउन निर्देशन समेत दिएका छन्। दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो निर्देशन दिएका हुन्। उनले आफूहरूले केही खराब काम गरे खबरदारी गर्न सुझाए।

उनले भने, ‘हामीले केही खराब गर्‍यौँ भने सल्लाह, सुझाव दिनुहोला। जुन आँट र भरोसाका साथ तपाईँहरूले घरमा भनेर घण्टीमा भोट हाल्नुस् भन्नुभएको थियो, हामी तपाईँको शिर निहुरिने कुनै पनि काम गर्दै छैनौँ, म वाचा गर्छु।’

उनले सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ नभएको बताए।

उनले थपे, ‘कहीँ कतै निर्णय बिग्रिएछन् भने हामीलाई सच्याउने अवसर पनि दिनुहोला, हामीलाई खबरदारी पनि गर्नुहोला। रास्वपा समर्थकहरू केवल समर्थन मात्र गर्दैनन्, गलत भए पनि खबरदारी पनि गर्छन्, यो कुरा तपाईँहरूमा सधैँ छ। रास्वपाले आफ्ना समर्थक, आफ्ना सदस्यहरूसँग भएको यो अधिकारलाई कहिले पनि खोस्ने छैन। हामीले बाटो बिरायौँ भने हामीलाई ट्र्याकमा ल्याउनका निमित्त मद्दत गर्ने जिम्मेवारी पनि तपाईँको काँधमा छ।’