काठमाडौं । काठमाडौंको मनमैजु र टोखा क्षेत्रबाट हात्तीको दाह्रासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । राष्ट्रपति कार्यालयको भित्तामा सजाएर राखेको ती दाह्रा जेनजी आन्दोलनको क्रममा भदौ २४ गते चोरी गरेर लगेको पाइएको स्रोतले बतायो ।
प्रहरीले तथ्यहरु संकलन भइरहेका कारण अहिल्यै औपचारिक रुपमा भन्ने अवस्था नरहेको बताएको छ ।
पक्राउ पर्नेहरूमा राजीव महर्जन, टेकप्रसाद गुरुङ, पुरन बोहरा, आयुष महर्जन र सन्तबहादुर भुजेल छन् ।
तारकेश्वर नगरपालिका(९, मनमैजु बस्ने राजीव महर्जनले वन्यजन्तुको अङ्ग अवैध रूपमा सञ्चय र बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।
महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा २ वटा हात्तीको दाह्रा बरामद गरिएको थियो । साथै, उनको कोठाबाट लागुऔषध ‘त्चबmबमय(िछण्’ लेखिएको १५० क्याप्सुल समेत फेला पारेको प्रहरीले बतायो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसन्धानका क्रममा हात्तीको थप व्यक्तिको पनि संलग्नता पाइएपछि अन्यलाई पनि पक्राउ गरिएको एसपी शरतकुमार क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेकामध्ये सन्तबहादुर भुजेलको कोठाबाट झोलाभित्र लुकाइराखेको थप २ वटा हात्तीको दाह्रा बरामद भएको छ ।
उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाही हुने बताइएको छ ।










प्रतिक्रिया