काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने बताएका छन् । सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी ओलीकै सामु पार्टी पुनर्गठनको विकल्प नभएको बताएका हुन्।
उनले भने, ‘हाम्रो पार्टीमा अहिले हामीले जसरी काम गर्दैर्छौँ, यही रूपमा यस्तै ढङ्गले हाम्रो पार्टी अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष निकालेका छौँ । पार्टीको सङ्गठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौँ । सचिवालय बैठकले निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्ने कार्यदल निर्माण गरेको छ ।’
उनले कार्यदलको प्रस्ताव अनुसार सचिवालय र केन्द्रीय कमिटीमा थप छलफल गरेर पुनर्गठनबारे निर्णय लिने बताए ।










प्रतिक्रिया