काठमाडौं । सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको प्रमाण देखाउन माग गरेकी छन् । भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा भए पनि प्रधानमन्त्रीले नयाँ कुरा गरेको भन्दै उनले मिचिएकाे भूमि देखाउन माग गरेकी हुन् ।
उनले भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु, किनकि सधैँभरि मलगायत हामी नेपालीहरूले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो तर आजबाट हामीले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ ! जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
उनले छिमेकी देशमाथि नेपालले अतिक्रमण गरेको तथ्य प्रधानमन्त्रीले पुष्टि गर्नुपर्ने उनको भनाइ छ ।










प्रतिक्रिया