वनमा लुकाईएकाे अवस्थामा तीन थान बन्दुक फेला

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनमा लुकाइछिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले वन क्षेत्रमा खोजतलास गर्दा बेवारिसे अवस्थामा बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार फेला परेका बन्दुक कसले र किन त्यहाँ राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।