काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक फेरि भाेली बस्ने भएकाे छ।
अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको बैठक आज नसकिएको उपमहासचिव लेखराज भट्टले बताए।
उनका अनुसार बैठक भोलि ११ः३० बजे फेरि बस्नेछ। उनले आज कार्य विभाजनको विषयमा प्रवेश नभएको बताए।
उनले भने, आज ५ जनाले लामो समयसम्म बोल्नुभयो। अब १२ जना बोल्न बाँकी छ।
उनले बैठकमा आएको सुझावको आधारमा कार्यविभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने बताए।









प्रतिक्रिया