एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताहरूको जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिन आज पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ।

यसअघि यही जेठ ५ गतेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको नेताहरूको कार्यविभाजन सम्बन्धी खाकालाई टुङ्गो लगाउने मुख्य कार्यसूची यस बैठकको रहेको छ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले दिएको जानकारी अनुसार उक्त महत्वपूर्ण बैठक आज बिहान ११:३० बजे अध्यक्ष ओलीको भक्तपुर, गुण्डुस्थित निजी निवासमा बस्ने तय भएको हाे ।