संसद बैठक छाेडेर हिडे हर्क

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधि सभाको बैठकबाट बाहिरिएका छन्। जारी बैठकमा अध्यक्ष साम्पाङले उठेर विरोध जनाएका थिए ।

उनले भने, ‘सबै कुर्सी खाली छ, हामी चाहिँ आएर दिनभरि बसिराख्नुपर्ने अरूचाहिँ नबस्दा पनि हुने?’

उनले सदनमा अनुपस्थित हुने सांसदहरूलाई के कारबाही हुन्छ? भन्दै सभामुखसँग सोधे । उनले सदनमा प्रधानमन्त्री नआएको, सांसदहरू अनुपस्थित भएको विषय राखे। तर सभामुखले बोल्न समय नदिएपछि उठेर हिँडे।