काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आगामी ८ गते बस्ने भएकाे छ । आज बसेकाे सचिवालय बैठकमा छलफलका लागि ११ वटा एजेन्डा पेस भएको थियाे।
उपमहासचिव लेखराज भट्टका अनुसार अर्को बैठक जेठ ८ गते अध्यक्ष ओली निवास गुण्डुमै बस्नेछ। आजको बैठकमा एकदम मैत्रीपूर्ण, सौहार्दपूर्ण वातावरणमा छलफल भएको भट्टले बताए ।
बैठकमा पदाधिकारीहरुको वरियता क्रम निर्धारण, सरकारको कामको समीक्षा, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन, संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनलगायतको विषय रहेको बताए ।
आजको बैठकमा मैत्रीपूर्ण, सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए । बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गरेको समेत बताए ।










प्रतिक्रिया