काठमाडौँ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक अधिनायकवादतिर अघि बढ्न खोजेको टिप्पणी गरेका छन्।
आज ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले मुलुकको राष्ट्रिय राजनीति अप्ठेरो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको समेत बताए।
उनले सरकार बनेको करिब ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य र संस्थामाथि गम्भीर प्रश्न उठाएको पनि बताए। उनले ट्रेड युनियन तथा स्ववियु खारेज गर्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास र सुकुमवासीमाथिको डोजर आतंकले मुलुक निर्वाचित अधिनायकतिर अघि बढिरहेको टिप्पणी गरे।
उनले सरकारले संसद्, राष्ट्रपति एवं संवैधानिक आयोगहरूको अवमूल्यन गरिरहेको आरोप पनि लगाए।
ज्ञवालीले भने, ‘राष्ट्रिय राजनीति अप्ठेरो मोडमा पुग्दै छ। ट्रेड युनियन र स्ववियु खारेज गर्न खोज्ने, अध्यादेशमार्फत शासन चलाउने, सुकुमवासीमाथि डोजर आतंक, श्रमजीवी वर्गका सामाजिक सुरक्षा कटौती गर्ने‚ संसद्, राष्ट्रपति, न्यायालयको अवमूल्यन गरी निर्वाचित अधिनायकतिर मुलुक अघि बढ्न खोजेको देखिन्छ।’
उनले संसद्मा एमालेको उपस्थिति कमजोर भए पनि जनता, मिडियाकर्मी र सामाजिक संघसंस्थाले संविधानको रक्षा गर्दै देशलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।










प्रतिक्रिया