पद्मा अर्याल एमाले संसदीय दलकाे उपनेता चयन

काठमाडौँ । नेकपा (एमाले)काे संसदीय दलको रिक्त उपनेता पदमा पार्टी सचिव एवं पूर्वमन्त्री पद्मा अर्याल चयन भएका छन्।

एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले अर्याललाई सो जिम्मेवारीका लागि मनोनित गरेका हुन् । प्रमुख सचेतक ऐन महरका अनुसार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी सचिव अर्यालले अब दलको उपनेताको भूमिका निर्वाह गर्नेछिन्।

यसअघि नै एमालेले संसदीय मोर्चालाई व्यवस्थित बनाउन प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानीलाई जिम्मेवारी दिइसकेको छ। अर्यालको मनोनयनसँगै एमाले संसदीय दलको पदाधिकारी टोलीले पूर्णता पाएको छ।