सुकुम्बासी बस्ती भत्काएपछि विक्षप्त भएका व्यक्ति मृत फेला, शव पाेस्टमाटमका लागि अस्पताल लगियाे

काठमाडौं । बल्खुको सुकुम्वासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई दिउँसो बल्खु खोलामा मृत भेटिएका थिए ।

राइकी पत्नी सरिता राईले बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किएको र अहिले मृत अवस्थामा भेटिएको बताइन् । स्थानीयका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो ।

उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको पनि स्थानीयले बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना स्थलकाे मुचुल्कापछि पाेस्टमाटमका लागि शवलाई अस्पताल लगिएकाे छ ।