रास्वपाका सांसदले १६ र मन्त्रीहरुले १८ हजार मासिक लेवि तिर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सांसदहरूको लेवी घटाएको छ। आज बसेको केन्द्रीय समिति बैठकले लेवी परिमार्जन गरेको हाे ।

प्रवक्ता मनिष झाका अनुसार सांसदहरूले अब १५, मन्त्रीले १८ र स्वकीय सचिवले २ हजार लेवी तिर्नुपर्नेछ । यसअघि बसेको रास्वपाको सचिवालय बैठकले सांसदहरूको लेवी १६ हजार ५ सय राखेको थियो । मन्त्री र स्वकीयको लेवी भने यथावत् राखेको छ ।