काठमाडौँ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल (निरे) ज्यान मार्ने र हातहतियार मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार विभिन्न अभियोगमा मौखिक र लिखित उजुरी परेपछि उनी पक्राउ परेका हुन् । ज्यानमार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारका विभिन्न घटनामा उनी संलग्न रहेको प्रवक्ता भट्टराईले बताए । उनलाई प्रहरीले बिहीबार बालुवाटारबाट पक्राउ गरेको हो ।
उनले प्रहरीलाई आफू ठेक्कापट्टाको काम गर्ने बताएका छन् । उनी विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहमा आवद्ध रहेको र सार्वजनिक शान्ति खलल पार्ने विभिन्न गतिविधिमा सक्रिय व्यक्ति भएको प्रहरीले जनाएको छ ।
उनका विरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप भएको र अन्य मुद्दाको अनुसन्धान जारी रहेको भट्टराईले बताए ।










प्रतिक्रिया