सर्बाेच्चले गगन पक्षलाई मान्यता दिएपछि संसदीय दलकाे बैठक बस्दै, दलकाे नेता छानिने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलका नेता छान्न छलफल हुँदैछ । हिजो संसदीय दलका नेता छान्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार छन् । मोहन आचार्यदेखि निश्कल राईसम्मको पनि चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ । सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी छ। सहमतिका लागि आज फेरि बैठक बस्दैछ ।

हिजाे मात्रै सर्बोच्च अदालतले शेरबहादुुर देउवा पक्षले हालेकाे रिट खारेज गरेेर गगन पक्षलाई मान्यता दिएकाे थियाे ।