गण्डकी प्रदेका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् पुर्नगठन

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गरेका हुन्।

नयाँ मन्त्रीहरूको प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराइसकेका छन्।

नयाँ मन्त्रिपरिषद्मा कांग्रेसबाट अर्थमन्त्रीमा जित शेरचन, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, वन तथा वातावरणमन्त्रीमा नम्डु गुरुङ भएका छन् ।

एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामा गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमा यशोदा रिमाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमा लक्ष्मण पाण्डे र स्वास्थ्यमा भीम कार्कीले जिम्मेवारी पाएका छन्।

यसैबीच मन्त्री हुन नपाउँदा कुँवरले राजीनामा दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा जिम्मेवारी नपाएपछि नेपाली कांग्रेसका सांसद दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनी मन्त्रीका आकांक्षी थिए ।

सभामुखलाई सम्बोधन गर्दै उनले लिखित राजीनामा बुझाएका हुन् । बागलुङ २ ९२० बाट निर्वाचित कुँवरले आफूलाई विश्वास गरी जिताउने मतदाता, शुभेच्छुकप्रति आभार जनाएका छन् । उनले आजैदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।